आज मंगलबार पनि सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज मंगलबार पनि सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेर २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ। सोमबार प्रतितोला सुन २ लाख ८५ हजार २०० रुपैयाँ मा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला १५ रुपैयाँले घटेर ४ हजार ३६० रुपैयाँ मा कारोबार भइरहेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३७५ रुपैयाँ रहेको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर