आज सोमबार सुनमा २८ सय र चाँदीमा एक सय रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको भाउ तोलामा २ हजार ८०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका सोमबार एक तोला सुनको मूल्य २ लाख ८५ हजार २०० रुपैयाँ कायम भएको छ । हिजो आइतबार एक तोला सुनको मूल्य २ लाख ८८ हजार रुपैयाँ थियो । यता चाँदीको मूल्य तोलाको १०० रूपैयाँले घटेर ४ हजार ३७५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर