आज बुधबार सुनचाँदीको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुन प्रति तोला २ लाख ८७ हजार १ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो मंगलबार २ लाख ८८ हजार रुपैयाँ प्रति तोलामा कारोबार भएको सुनको मूल्य बुधबार ९ सय रुपैयाँले घटेको हो । आज बुधबार चाँदीको मूल्य ५५ रुपैयाँले घट्दै ४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार चाँदीको मूल्य प्रति तोला ४ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया
