आज सोमबार सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज  छापावाल सुनको मूल्य तोलाको दुई लाख ८९ हजार ४०० रुपैयाँ कायम छ । हिजो आइतबार  छापावाल सुन प्रति तोला दुई लाख ९० हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला चार हजार ५८५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । हिजो आइतबार चाँदी प्रति तोला चार हजार ६०५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर