नेप्से परिसूचक ८ अंकले घटेर बन्द

काठमाडौं ।  साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। लगातार दुई कारोबार दिन बढेको बजारमा आज सामान्य करेक्सन देखिएको हो।

आज नेप्से परिसूचक ८.३० अंकले घटेर २६५३.४० विन्दुमा कायम भएको छ। कारोबारमा सहभागी कम्पनीमध्ये १६० कम्पनीको सेयर मूल्य घटेको, १०३ कम्पनीको बढेको तथा १४ कम्पनीको मूल्य स्थिर रहेको छ। यस्तै, सेन्सेटिभ इन्डेक्स पनि २.६५ अंकले घटेर ४५९.८१ विन्दुमा झरेको छ। १३ उपसूचकमध्ये ८ वटा उपसूचक घट्दा ५ वटा उपसूचक बढेका छन्।

परिसूचक घटे पनि कारोबार रकम भने ४ अर्ब रुपैयाँ नाघेको छ। आज ३४५ कम्पनीका ८५ लाख ८४ हजार ४०१ कित्ता सेयर ४६ हजार २३४ पटक खरिद–बिक्री हुँदा ४ अर्ब ४१ करोड २३ लाख ४० हजार ५३७ रुपैयाँ बराबरको कारोबार भएको छ। आजको कारोबारमा ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ, जसले बजारमा केही कम्पनीमा लगानीकर्ताको आकर्षण कायम रहेको संकेत गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर