आज शुक्रबार सुनमा ७२ सय र चाँदीमा १६५ रुपैयाँ वृद्धि
काठमाडौं । केही दिन यता ओरालो लागेको नेपाली बजारमा सुनचाँदीको मूल्य पुनः उकालो लागेको छ। आज शुक्रबार पनि सुनको मूल्यमा उल्लेख्य वृद्धि हुँदा छापावाल सुन प्रति तोला २ लाख ९० हजार ७०० रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रति तोला ७ हजार २०० रुपैयाँले बढेको हो। हिजो बिहीबार मात्रै सुनको मूल्य ६ हजार २०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ पुगेको थियो। यससँगै दुई कारोबार दिनमै सुनको मूल्य प्रतितोला १३ हजार ४०० रुपैयाँले वृद्धि भएको छ।
सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला १६५ रुपैयाँले बढेर ४ हजार ६१५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदीको मूल्य १८० रुपैयाँले बढेर प्रतितोला ४ हजार ४५० रुपैयाँ कायम भएको थियो।
यसअघि बुधबार चाँदीको मूल्य १५ रुपैयाँ, मंगलबार २५ रुपैयाँ र सोमबार १५ रुपैयाँले घटेको थियो। पछिल्ला दुई दिनयता अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्वदेशी बजारमा पनि सुनचाँदीको मूल्य पुनः उकालो लागेको व्यवसायीहरू बताउँछन्।
