आज सुनचाँदी दुबैको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य तोलामा ४ हजार ५ सय रुपैयाँ घटेको छ ।
हिजो सोमबार प्रति तोला २ लाख ८२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज मंगलबार २ लाख ७७ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज मंगलबार चाँदी प्रति तोला ४ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार चाँदी प्रति तोला ४ हजार ३ सय १० रुपैयाँ थियो ।
प्रतिक्रिया
