आज मंगलबारका लागि कृषि उपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलबारका लागि कृषि उपजहरूको न्यूनतम थोक मूल्य निर्धारण गरेको छ।

समितिले सार्वजनिक गरेको मूल्य सूची अनुसार आज नेपाली ठूलो गोलभेँडाको न्यूनतम थोक मूल्य प्रतिकिलो ३५ रुपैयाँ र लोकल सानो गोलभेँडाको मूल्य प्रतिकिलो ८ रुपैयाँ कायम गरिएको छ। यस्तै, नेपाली लाम्चो रातो आलु प्रतिकिलो ३५ रुपैयाँ, भारतीय रातो आलु प्रतिकिलो २८ रुपैयाँ र सुकेको भारतीय प्याज प्रतिकिलो ५२ रुपैयाँमा कारोबार भइरहेको छ।

अन्य तरकारीहरूमा स्थानीय गाँजर प्रतिकिलो ९० रुपैयाँ, बन्दा ५० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ र रातो मूला २५ रुपैयाँ तोकिएको छ। लाम्चो भन्टा प्रतिकिलो १० रुपैयाँ र डल्लो भन्टा २५ रुपैयाँमा पाइने कालिमाटी बजारमा मटरकोशाको मूल्य भने प्रतिकिलो १२० रुपैयाँ पुगेको छ। त्यस्तै लोकल घिउ सिमी ५५ रुपैयाँ, हाइब्रिड सिमी ५० रुपैयाँ, राजमा सिमी ७० रुपैयाँ, तीते करेला २० रुपैयाँ, लौका ३० रुपैयाँ, लोकल परवर २५ रुपैयाँ र घिरौँला प्रतिकिलो ३० रुपैयाँ निर्धारण गरिएको छ।

यसैगरी पाकेको फर्सी प्रतिकिलो ५० रुपैयाँ, लाम्चो हरियो फर्सी ४० रुपैयाँ, डल्लो हरियो फर्सी १५ रुपैयाँ, भिण्डी २० रुपैयाँ, सखरखण्ड १०० रुपैयाँ, पिंडालु ९० रुपैयाँ र स्कुस प्रतिकिलो ४० रुपैयाँमा बिक्री भइरहेको छ।

सागसब्जी तर्फ रायोको साग प्रतिकिलो ३० रुपैयाँ तथा पालुङ्गो र चमसुरको साग समान ५०/५० रुपैयाँ तोकिएको छ। च्याउतर्फ कन्य च्याउ प्रतिकिलो २६० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ र सिताके च्याउ महँगो अर्थात् प्रतिकिलो ८०० रुपैयाँ कायम गरिएको छ। साथै कुरीलोको मूल्य २५० रुपैयाँ र न्युरो ९० रुपैयाँ रहेको छ।

फलफूल बजारमा फूजी स्याउ प्रतिकिलो २८० रुपैयाँ, नेपाली केरा २०० रुपैयाँ, कागती १७० रुपैयाँ र अनार ४२० रुपैयाँमा कारोबार भइरहेको छ। मालभोग केरा प्रतिदर्जन १८० रुपैयाँ तोकिएको छ। यस्तै, सिजनल फलफूलका रूपमा रहेको मालदह आँप प्रतिकिलो ९० रुपैयाँ र दसहरी आँप १०० रुपैयाँमा उपलब्ध छ। भुइँकटहर प्रतिगोटा १८० रुपैयाँ, लोकल काँक्रो ६० रुपैयाँ, हाइब्रिड काँक्रो २० रुपैयाँ, रुखकटहर ४० रुपैयाँ, नेपाली मेवा ८० रुपैयाँ र भारतीय मेवा १०० रुपैयाँ निर्धारण गरिएको छ। यस्तै लोकल लीच्ची प्रतिकिलो १८० रुपैयाँ र भारतीय लीच्ची २८० रुपैयाँमा बिक्री भइरहेको समितिले जनाएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर