आज सुनमा ४७ सय र चाँदीमा १४५ रुपैयाँ वृद्धि

काठमाडौं । साताको पहिलो कारोवार दिन आज आइतवार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ हजार ७ सय रुपैयाँले बढेको हो ।

अस्ति शुक्रवार २ लाख ७९ हजार १ सय रुपैयाँमा कारोवार भएको छापावाला सुन आज प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । अस्ति शुक्रवार ४ हजार १८० रुपैयाँमा कारोवार भएको चाँदी आज १४५ रुपैयाँले बढेर ४ हजार ३२५ रुपैयाँमा कारोवार भैइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर