आज बुधबार पनि नेप्से १४.४५ अंकले घट्यो

काठमाडौं । आज बुधबार पनि नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १४.४५  अंकले घटेर २६६०.०२ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३८ कम्पनिका एक करोड ७ लाख ७७ हजार ५८२ कित्ता शेयर ४ अर्ब ४१ करोड ८६ लाख ७ हजार ४८६ मा कारोबार भएको थियो । आज फाइनान्स र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी टक्सार पिखुवा खोला हाइड्रो र याम्बालिङ हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने भुजुंग हाइड्रोको शेयर १४.६९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सोपान फार्माको शेयर ५.०५ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको २९ करोड ६२ लाख बराबर कारोबार भएको छ भने सोपान फार्माको १७ करोड २२ लाख बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर