आज सोमबार सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं । आज सोमबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिन हिजो आइतबार तुलनामा आज सुनको मूल्य प्रति तोला १४ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रति तोला दुई लाख ८७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन, आज १४ सय रुपैयाँले बढेर दुई लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य ४० रुपैयाँले बढेर प्रति तोला ४,७३० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ४७ हजार ५ सय १५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४,०५५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर