सुनमा ५३ सय र चाँदीमा १९० रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य उकालो लागेको छ । आज सुन तोलामा पाँच हजार तीन सय रुपैयाँ वृद्धि भएको छ । विगत दुई दिनदेखि ओरालो लागेको सुनको भाउ हिजो २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको आज २ लाख ९२ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी आज चाँदी तोलामा १ सय ९० रुपैयाँले बढेर ४ हजार ८ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर