आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आजका लागि तय गरिएको दर अनुसार अमेरिकी डलर १ को खरिद दर १५२ रुपैयाँ १३ पैसा र बिक्री दर १५२ रुपैयाँ ७३ पैसा रहेको छ। यस्तै, युरोपियन युरो १ को खरिद दर १७५ रुपैयाँ ६१ पैसा र बिक्री दर १७६ रुपैयाँ ३० पैसा कायम भएको छ।

युके पाउण्ड स्टर्लिङ १ को खरिद दर २०३ रुपैयाँ ६२ पैसा र बिक्री दर २०४ रुपैयाँ ४२ पैसा तोकिएको छ। स्वीस फ्र्याङ्क १ को खरिद दर १९० रुपैयाँ ४५ पैसा र बिक्री दर १९१ रुपैयाँ २० पैसा रहेको छ।

यसैगरी अष्ट्रेलियन डलर १ को खरिद दर १०६ रुपैयाँ ५५ पैसा र बिक्री दर १०६ रुपैयाँ ९७ पैसा हुँदा क्यानेडियन डलर १ को खरिद दर १०९ रुपैयाँ २१ पैसा र बिक्री दर १०९ रुपैयाँ ६४ पैसा कायम भएको छ।

यस्तै सिंगापुर डलर १ को खरिद दर ११८ रुपैयाँ ११ पैसा र बिक्री दर ११८ रुपैयाँ ५७ पैसा रहेको छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ४८ पैसा र बिक्री दर ९ रुपैयाँ ५२ पैसा छ भने चिनियाँ युआन १ को खरिद दर २२ रुपैयाँ ४४ पैसा र बिक्री दर २२ रुपैयाँ ५३ पैसा तोकिएको छ।

यसैगरी साउदी रियाल १ को खरिद दर ४० रुपैयाँ ५३ पैसा र बिक्री दर ४० रुपैयाँ ६९ पैसा रहेको छ। कतारी रियाल १ को खरिद दर ४१ रुपैयाँ ७३ पैसा र बिक्री दर ४१ रुपैयाँ ८९ पैसा कायम भएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) दिराम १ को खरिद दर ४१ रुपैयाँ ४२ पैसा र बिक्री दर ४१ रुपैयाँ ५८ पैसा छ।

मलेसियन रिंगिट १ को खरिद दर ३७ रुपैयाँ ३८ पैसा र बिक्री दर ३७ रुपैयाँ ५३ पैसा रहेको छ भने दक्षिण कोरियाली वन १०० को खरिद दर ९ रुपैयाँ ९८ पैसा र बिक्री दर १० रुपैयाँ ०२ पैसा तोकिएको बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर