आज बुधबार नेप्से सामान्य अंकले बढ्यो

काठमाडौं । साताको सेयर कारोबार हुने तेस्रो दिन आज बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । अघिल्ला चार दिन लगातार घटेको बजार आज भने २.५७ अंकले बढेको हो ।

आजको कारोबार पछि नेप्से परिसूचक २७३६.१७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३४ कम्पनीको सेयर मूल्य घटेको छ भने १२७ कम्पनीको सेयर मूल्य बढेको छ । आज १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज सेन्सेटिभ इन्डेक्स भने ०.३५ अंकले घटेर ४६८.७२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ७ वटाको सेयर मूल्य बढेको छ भने ६ वटाको सेयर मूल्य घटेको छ ।

परिसूचक सामान्य बढेको दिन कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिन ६ अर्ब माथिको कारोबार भएको बजारमा आज ४ अर्ब भन्दा केही बढीको कारोबार भएको छ । आज ३५६ कम्पनीका ९२ लाख ८३ हजार ३२६ कित्ता सेयर ४९ हजार २४८ पटक खरिद बिक्री हुँदा ४ अर्ब २९ करोड ७४ लाख ६४ हजार ३२७ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर