आज बुधबार सुन तोलामा १० हजार घट्यो

काठमाडौं । नेपाली बजारमा आज बुधबार एकैचोटी सुन प्रति तोला १० हजार एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला दुई लाख ९१ हजार आठ सय रुपैयाँमा किनबेच भइरहेको छ । हिजो मंगलबार सुन प्रति तोला तीन लाख एक हजार नौ सय रुपैयाँ थियो ।

यसैगरी आज बुधबार चाँदीको मूल्य पनि घटेको छ । हिजो मंगलबार प्रति तोला चार हजार नौ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा चार हजार सात सय ४० रुपैयाँमा किनबेच भइरहेको छ । आजको मूल्य अघिल्लो दिनको तुलनामा प्रति तोला एक सय ८५ रुपैयाँ घटेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर