आज सुनमा नौ सय घट्यो भने चाँदीमा १० रुपैयाँ बढ्यो
काठमाडों । नेपाली बजारमा आज सोमबार सुनको भाउ प्रति तोला नौ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला दुई लाख ९९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो आइतबार सुन तोलाको तीन लाख आठ सय रुपैयाँमामा कारोबार भएको थियो । यस्तै, आज सोमबार भने चाँदीको मूल्य बढेको छ । हिजो आइतबार प्रति तोला चार हजार आठ सय ९५ रुपैयाँमा किनबेच भएको चाँदी आज तोलामा चार हजार नौ सय पाँच रुपैयाँमा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रति तोला १० रुपैयाँ बढेको हो ।
प्रतिक्रिया
