आज सुनचाँदीको भाउ सामान्य घट्यो

काठमाडौं ।  नेपाली बजारमा आज बिहीबार सुन प्रतितोला दुई सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ११ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ ।

बुधबार सुन प्रतितोला तीन लाख ११ हजार तीन सय रूपैयाँमामा कारोबार भएको थियो ।  यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ ।बुधबार प्रतितोला पाँच हजार तीन सय ७० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार दुई सय ८५ रूपैयाँमा किनबेच भइरहेको छ ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ८५ रूपैयाँ घटेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर