आज नेप्से परिसूचक २२.२१ अंकले बढ्यो
काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक २२.२१ अंकले बढेर २७७७.५८ बिन्दुमा पुगेको छ ।
आज कुल ३४६ कम्पनीका १ करोड १३ लाख ८५ हजार १०० कित्ता सेयर खरिद–बिक्री हुँदा ५ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कारोबारका आधारमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड अगाडि रह्यो, जसको ४६ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
आजको बजारमा कालिन्चोक हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाए । कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । त्यस्तै, नबिल डिबेन्चर २०८५ का लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस डिबेन्चरको मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ ।
प्रतिक्रिया
