आज पनि बढ्यो सुनको भाउ
काठमाडौं । आज मंगलबार सुनको भाउ पनि बढेको छ। आज सुन तोलाको चारसय रुपैयाँ बढेर ३ लाख ११ हजार ३ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सोमबार सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेर ३ लाख १० हजार ९ सय रुपैयाँ थियो। अस्ति आइतबार भने सुनको भाउ तोलामा २० हजार पाँच सय रुपैयाँ बढेर ३ लाख ११ हजार १ सय रुपैयाँ पुगेको थियो। यसैगरी आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँ बढेर ५ हजार ४०५ रुपैयाँ पुगेको छ। हिजो चाँदीको भाउ तोलाको ५ हजार ३५५ रुपैयाँ पुगेको थियो।
प्रतिक्रिया
