दीपक भट्टसहित ४० जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौं ।  बिचौलिया दीपक भट्टसहित ४० भन्दा धेरै व्यक्तिविरुद्ध मुद्दा चलाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सिफारिस गरेको छ । हिमालयन रि–इन्स्योरेन्ससहित पाँच कम्पनीको तीन अर्ब ७३ करोड रुपैयाँ दुरुपयोग गरी व्यक्तिगत लाभका लागि सेयर खरिद गरेको निष्कर्षसहित सिआइबीले बिमा कसुरअन्तर्गत जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा प्रतिवेदन बुझाएको हो।

सिआइबीले हिमालयन रिका तत्कालीन अध्यक्ष शेखर गोल्छा, सञ्चालकहरू सुलभ अग्रवाल, अमित मोर, राजीव मोर, शुभेच्छा खरेल, सुभाषकुमार झुनझुनवाला, भारतीय नागरिक मनीष कुमार, प्रमुख कार्यकारी अधिकृत उपासना पौडेललगायतविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको जनाएको छ । दीपक भट्ट र सुलभ अग्रवाल भने हाल हिरासतमा छन् ।

अनुसन्धानअनुसार भट्टले इन्फिनिटी होल्डिङ्समार्फत हिमालयन रिमा ४.५० प्रतिशत अर्थात् ४६ लाख ८० हजार कित्ता सेयर लगानी गरेका छन् । कम्पनी स्थापना र सञ्चालन प्रक्रियामै नीतिगत तथा संगठित अनियमितता भएको तथा कम्पनीको रकम निजी प्रयोजनमा प्रयोग गरिएको निष्कर्ष सिआइबीको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर