आज सोमबार सेयर बजार दोहोरो अंकले वृद्धि

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार परिसूचक २७.८५ अंकले बढेर २७८६.३५ विन्दुमा पुगेको हो । आज कुल ५ अर्ब ९८ करोड रुपैयाँबराबरको कारोबार भएको छ । बजारमा १ करोड ४५ लाख कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

कारोबारमा २३५ कम्पनीको सेयर मूल्य बढ्दा २८ कम्पनीको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ । सोमबार अधिकतम सेयर वृद्धिदर ९.०१ प्रतिशतसम्म पुगेको छ भने गिरावट दर १०.३२ प्रतिशतसम्म देखिएको छ । कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी अग्रस्थानमा रह्यो । कम्पनीको ६० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

त्यसपछि रिडी पावर को ३० करोड, अपि पावर को १८ करोड, नेशनल हाइड्रो को १५ करोड तथा ङादी ग्रुप पावर को १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसदिन सामूहिक लगानी कोष समूहबाहेक अन्य सबै उपसमूह हरियालीमा बन्द भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर