आज सेयर बजार दोहोरो अंकले बढ्यो
काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन घटेको बजार आज भने १६.३८ अंकले बढेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २७५८.४९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा २०३ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ५७ कम्पनीको सेयर मूल्य आज घटेको छ । ८ वटा कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स २.४० अंकले बढेर ४७१.८९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य बढेको छ भने १ वटाको घटेको छ । परिसूचक बढेको दिन आज कारोबार पनि बढेको छ ।
आज सेयर बजारमा ३३६ कम्पनीका १ करोड ८ लाख ८८ हजार ७३९ कित्ता सेयर ५४ हजार ४९७ पटक खरिद बिक्री हुँदा ४ अर्ब ४९ करोड ८५ लाख १६ हजार ९४ रुपैयाँको कारोबार भएको छ ।
