आज सुनचाँदीको मूल्य वृद्धि
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनको मूल्य तोलाको १८ सयले बढेर २ लाख ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी तोलाको ९० रुपैयाँले बढेर ५ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया
