लगातार ओरालोपछि सेयर बजारमा हरियाली
काठमाडौं । लगातार ओरालो लागेको सेयर बजारमा बुधबार सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.०८ अंक अर्थात् १.१० प्रतिशतले बढ्दै २७५४.४८ विन्दुमा पुगेको हो ।
आज कुल ३ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । कारोबार भएका कम्पनीमध्ये २४८ वटाको सेयर मूल्य बढ्दा २१ वटाको घटेको छ भने एउटा कम्पनीको मूल्य स्थिर रहेको छ ।
बजारमा आज जलविद्युत् समूहका कम्पनीहरू चम्किएका छन् । अपर लोहोरे खोला हाइड्रोपावर को सेयरमा सकारात्मक सर्किट लागेको छ भने माउन्टेन हाइड्रो नेपाल को सेयर मूल्य ११.८८ प्रतिशतले बढेको छ । अन्य कम्पनीहरूको सेयर पनि अधिकतम ७.५१ प्रतिशतसम्मले उकालो लागेको छ ।
यता, कर्पोरेट डेभलपमेन्ट बैंक को सेयर मूल्य सबैभन्दा धेरै १३.२६ प्रतिशतले घट्दै प्रतिकित्ता ३०५ रुपैयाँमा झरेको छ । अन्य घट्ने कम्पनीहरूको मूल्य अधिकतम ६.४० प्रतिशतसम्मले ओरालो लागेको छ ।
बुधबार सर्वाधिक कारोबार पनि कर्पोरेट डेभलपमेन्ट बैंककै भएको छ । उक्त बैंकको करिब १८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ । आज कारोबार भएका सबै उपसमूहहरू हरियालीमा बन्द भएका छन् ।
