आज सुनमा पाँच सय र चाँदीमा ४५ रुपैयाँ बढ्यो
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको भाउ बढेको छ। आज सुन प्रति तोला पाँच सय रुपैयाँ बढेको हो। हिजो सोमबार सुन तोलामा आठ सय रुपैयाँ बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला दुई लाख ९५ हजार तीन सय रुपैयाँमा किनबेच भइरहेको छ। सोमबार सुन प्रति तोला दुई लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज मंगलबार चाँदीको मूल्य पनि बढेको छ। हिजो सोमबार प्रति तोला पाँच हजार ४० रुपैयाँ मा कारोबार भएको चाँदी आज तोलामा ४५ रुपैयाँबढेर पाँच हजार ८५ रुपैयाँमा किनबेच भइरहेको छ।
प्रतिक्रिया
