साताको पहिलो दिन नेप्सेमा गिरावट
काठमाडौं । साताको पहिलो कारोबार दिन आज सोमबार नेप्से परिसूचक सामान्य गिरावटसहित बन्द भएको छ। आज नेप्से परिसूचक १.०३ अंकले घटेर २,७३०.९१ बिन्दुमा कारोबार बन्द भएको छ । जुन ०.०३ प्रतिशतको गिरावट हो।
आज कुल ५८ लाख २८ हजार ६ सय ४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ४५ करोड ८ लाख ७८ हजार ४ सय ४९ रुपैयाँ पुगेको छ । कारोबार भएका कम्पनीहरूमध्ये ११९ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीको शेयर मूल्य घटेको छ र १८ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
आज सबैभन्दा बढी कारोबार साहस ऊर्जा लिमिटेडको भएको छ । जसको कारोबार रकम करोड, ४३ लाख, ८९ हजार, ८ सय ६० रुपैयाँ पुगेको छ । त्यसैगरि रिलायन्स स्पिनिङ मिल्सको ७ करोड, ३४ लाख, ८८ हजार, ९ सय ९८ रुपैयाँ कारोबारसहित दोस्रो स्थानमा रहेको छ । एस वाई प्यानलको ७ करोड, १३ लाख, १२ हजार, ५ सय ३२ रुपैयाँको बारोबार भएको छ भने अपी पावर कम्पनी लिमिटेडको ६ करोड, १६ लाख, ५६ हजार, ४ सय ७२ रुपैयाँको बारोबार भएको छ ।
