नेप्सेमा ३९.४४ अंकको गिरावट
काठमाडौं । सेयर बजारमा आज मंगलबार ३९.४४ अंकको गिरावट आएको छ । साताको कारोबारको दोस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३९.४४ अंक अर्थात् १.४१ प्रतिशतले घटेर २७४४.४० बिन्दुमा कायम भएको छ ।
अघिल्लो कारोबार दिन सोमबार भने नेप्से ३८.१९ अंकले बढेर २७८३ बिन्दुमा उक्लिएको थियो । यसअघिका दुई कारोबार दिन पनि नेप्से बढेको थियो । नेप्सेमा कुल ४ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार भने नेप्सेमा कुल ४ अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
नेप्सेमा कारोबारमा आएकामध्ये १३ कम्पनीको सेयर मूल्य बढ्दा २५१ कम्पनीको घटेको छ । यस्तै, ५ कम्पनीको सेयर मूल्य स्थिर छ । धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा फस्र्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १२.४० प्रतिशतले घटेको छ ।
