आज ३८ अंकले बढ्यो सेयर बजार

काठमाडौं ।  साताको पहिलो कारोबार दिन सेयरबजारमा ३८.१९ अंकको सुधार देखिएको छ। नेप्से उक्त अंकले बढेर २७८३.८५ विन्दुमा पुगेको हो।

यस दिन कारोबारमा समेत सुधार देखिएको छ। सोमबार ४ अर्ब ६१ करोड रुपैयाँको सेयर किनबेच भएको हो। कुल १ करोड ४ लाख कित्ता खरिदबिक्रीपछि यो परिमाणमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

यस दिन ४ वटा सेयर स्थिर हुँदा १८ वटाको मूल्य घटेको र २४७ वटाको बढेको नेप्सेले जनाएको छ। बढेकामा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त १४.१९ प्रतिशतले बढ्दा कुमारी धनवृद्धि योजना ११.३७ प्रतिशतले उकालो लागेको छ। अन्य सेयरहरु अधिकतम ८.४३ प्रतिशतसम्मले बढेका छन्।

आजको कारोबारमा २.८७ प्रतिशतसम्म मात्र सेयरहरुको मूल्य गिरावट देखिएको छ। कारोबारमा रिलायन्स स्पिनिङ मिल्स अगाडि छ। उक्त कम्पनीको २१ करोडको कारोबार भएको छ। त्यसैगरी नेशनल हाइड्रो १७ करोड, एसवाई प्यानल १६ करोड, रिडी पावर १५ करोडको कारोबार भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर