११ सहकारीका ठूला ऋणीको नाम सार्वजनिक (सूचीसहित)
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त थप ११ सहकारीका १ सय १० जना ठूला ऋणीहरुको नाम सार्वजनिक गरेको छ । समितिले कृषि विकास बहुउद्देश्यीय सहकारी, गोरखा सेभिङ एण्ड क्रेडिट, लुःनिभा बहुउद्देश्यीय सहकारी, हाम्रो नयाँ कृषि सहकारी, प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट, सोसाइटल बचत तथा ऋण सहकारी र पशुपति सेभिङ एण्ड क्रेडिटका ठूला ऋणीको नाम सार्वजनिक गरेको छ ।
त्यस्तै, शिव शिखर बहुउद्देश्यीय सहकारी, स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट, कान्तिपुर सेभिङ एण्ड क्रेडिट र लालीगुराँस बहुद्देश्यीय सहकारीका पनि ठूला ऋणीको नाम सार्वजनिक गरिएको छ । ऋणीहरुको नाम सार्वजनिक गर्दै समितिले ठूला ऋणीलाई यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न ताकेता गरेको छ । सम्पर्कमा नआए कानून अनुसार असुली गरिने समितिले चेतावनी दिएका छन् ।
यस्तो छ ठूला ऋणीको सूचीः

_agpTaSvRAp.png)
_NVIVOLHmvz.png)
_2zV6Xd6kKz.png)
