आज सुनमा १३ सय र चाँदीमा १२० रुपैयाँ बढ्यो

काठमाडौं  ।  नेपाली बजारमा आज शुक्रबार पनि सुन प्रति तोला एक हजार तीन सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला दुई लाख ९९ हजार नौ सय रुपैयाँमा किनबेच भइरहेको छ । हिजो  बिहीबार सुन प्रतितोला दुई लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज शुक्रबार चाँदीको मूल्य पनि बढेको छ ।

बिहीबार प्रति तोला पाँच हजार एक सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार दुई सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रति तोला एक सय २० रुपैयाँ बढेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर