सेयर बजारमा सामान्य अंकको वृद्धि

काठमाडौं । आज बिहीबार सेयरबजार सामान्य अंकले बढेको छ । आज नेप्से सूचक ६.९४ अंकले बढेर २,७१८.१६ विन्दुमा बन्द भएको छ, जुन ०.२५ प्रतिशतको वृद्धि हो।

आज कुल  ६६ लाख ८४ हजार ७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ९३ करोड १९ लाख ६८ हजार रुपैयाँ पुगेको छ । कारोबार भएका कम्पनीहरूमध्ये १५५ कम्पनीको सेयर मूल्य बढेको छ भने १०२ कम्पनीको घटेको छ र १२ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

आज सबैभन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको भएको छ । जसको कारोबार रकम १७ करोड ६८ लाख ३३ हजार रुपैयाँभन्दा बढी पुगेको छ । त्यसैगरि नेशनल हाइड्रोपावरको १४ करोड ३४ लाख ८३ हजार रुपैयाँभन्दा बढी कारोबारसहित दोस्रो स्थानमा रहेको छ । त्यसैगरि रिलायन्स स्पिनिङ मिल्सको १४ करोड १५ लाख ८४ हजार २ सय ७ रुपैयाँ तेस्रो स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर