आज मंगलबार सुनचाँदीको भाउ घट्यो
काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा ३ हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
भाउ घटेर सुन आज तोलाको २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको दुई लाख ९४ हजार आठ सय र प्रति १० ग्रामको दुई लाख ५२ हजार सात सय ४५ रुपैयाँ रहेको थियो ।
यस्तै, आज चाँदी प्रति तोला १५० रुपैयाँ घटेको छ । चाँदी प्रति तोला ४ हजार ८ सय ४० रुपैयाँ मूल्य तय भएको छ । अघिल्लो दिन चाँदी प्रति तोला ५ हजार ३० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया
