आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले तोकेको नयाँ दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा कायम भएको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा डलरको मजबुतीसँगै नेपाली बजारमा पनि यसको भाउ उच्च विन्दुमा पुगेको हो।
यसैगरी युरोपियन युरो र पाउण्ड स्ट्रलिङको मूल्य पनि उल्लेख्य रहेको छ। आजका लागि युरो एकको खरिददर १७८ रुपैयाँ १६ पैसा र बिक्रीदर १७८ रुपैयाँ ८६ पैसा तोकिएको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ३९ पैसा र बिक्रीदर २०७ रुपैयाँ २१ पैसा रहेको छ। स्वीस फ्रयाङ्क एकको खरिददर १९४ रुपैयाँ २८ पैसा र बिक्रीदर १९५ रुपैयाँ ०५ पैसा कायम हुँदा अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ।
त्यस्तै क्यानेडियन डलरको खरिददर १११ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११२ रुपैयाँ १८ पैसा तथा सिङ्गापुर डलरको खरिददर ११९ रुपैयाँ ०९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५७ पैसा तोकिएको छ। अन्य एसियाली र खाडी मुलुकका मुद्राहरूको विनिमय दर हेर्दा जापानी येन १० को खरिददर नौ रुपैयाँ ६८ पैसा र बिक्रीदर नौ रुपैयाँ ७२ पैसा रहेको छ।
चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २० पैसा र बिक्रीदर २२ रुपैयाँ २८ पैसा कायम भएको छ। वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मानिने साउदी अरेबिया र कतारको मुद्रातर्फ साउदी रियाल एकको खरिददर ४० रुपैयाँ ४१ पैसा र बिक्रीदर ४० रुपैयाँ ५७ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७६ पैसा रहेको छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसाको स्थिर विनिमय दर यथावत रहेको राष्ट्र बैंकले जनाएको छ।
