आजदेखि पेट्रोलियम पदार्थको मूल्य घट्यो, ग्यासमा बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा २ रुपैयाँ र डिजेल, मट्टितेलमा १२ रुपैयाँ मूल्य घटाएको हो ।
यसैगरी खाना पकाउने ग्यासको मूल्य १५० रुपैयाँले बृद्धि भएको छ । एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर अब २ हजार १६० रुपियाँ पुगेको छ ।निगमका अनुसार आन्तरिकतर्फ हवाई इन्धनको मूल्य ७ रुपैयाँले बढाइएको छ । अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर ४६ डलर बढाइएको निमगले जनाएको छ ।
यससँगै काठमाडौंमा पेट्रोलको मूल्य २१७ रुपैयाँ पुगेको छ । यसअघि काठमाडौं, दिपायल र पोखरामा पेट्रोलको मूल्य २१९ रुपैयाँ थियो । सुर्खेत र दाङमा यसअघि २१८ रहेको मूल्य अब २१६ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
