नेप्सेमा सामान्य अंकको वृद्धि

काठमाडौं ।  साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य बढेर बन्द भएको छ।  नेप्से  परिसूचक  १.५४ अंकले बढेर २७८८.७० विन्दुमा थामिएको हो।

शुक्रबार ५ अर्ब २७ करोडको कारोबार भयो। १ करोड २१ लाख कित्ता बिक्रीपछि उक्त परिमाणमा कारोबार भएको हो। यस दिन तीनवटा सेयरमा सकारात्मक सर्किट लागेको छ। पाल्पा सिमेन्ट, शिखर पावर डेभलपमेन्ट र माई खोला हाइड्रोको सेयर १५ प्रतिशतले बढ्दा लगानीकर्ताले क्रमशः १२६.७०, १२० र ९४.५० रुपैयाँ प्रतिसेयर आम्दानी गरे। आज गिरावट आएका सेयरहरु अधिकतम ३.५० प्रतिशतसम्म मात्र ओर्लिएका छन्।

कारोबारमा रिडी पावर अगाडि छ। कम्पनीको २७ करोडको किनबेच हुँदा रिलायन्स स्पिनिङ मिल्स  र नेशनल हाइड्रोको २४ करोड, सोलु हाइड्रो २३ करोड र आखुखोला जलविद्युत्को २० करोडको कारोबार भएको नेप्सेले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर