आज पनि २.९५ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । साताको कारोबारको चोथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबार नेप्से परिसूचक २।९५ अंकले घटेर २८०४.१७ बिन्दुमा पुगेको हो ।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । हिजो पाँच अर्ब ७७ करोडको कारोबार भएकामा आज सात अर्ब ८१ करोड रुपैयाँको कारोबार भएको छ । कारोबारमा आएका ३४२ कम्पनीमध्ये १२१ कम्पनीको मूल्य बढेको छ । १३८ कम्पनीमा मूल्य घट्दा १० वटाको स्थिर रह्यो ।
आज तीन कम्पनीको मूल्य १५ प्रतिशतले बढेको छ । पाल्पा सिमेन्ट, सूर्यकुण्ड हाइड्रो र शिखर पावरको मूल्य सोबराबर बढेको हो । होटेल फरेस्ट इनको मूल्यमा १०.७५ प्रतिशतको गिरावट आएको छ ।
प्रतिक्रिया
