आज सोमबार सुनमा १३ सय र चाँदीमा ३५ रुपैयाँ घट्यो

काठमाडौं ।  नेपाली बजारमा आज सोमबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला १ हजार ३०० रुपैयाँले घटेको हो।

महासंघका अनुसार आजका लागि फाइन गोल्डको मूल्य प्रति तोला २ लाख ९९ हजार ७०० रुपैयाँ तोकिएको छ। यसअघि हिजो सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज सोमबार १० ग्राम सुनको मूल्य पनि घटेर करिब २ लाख ५६ हजार ९४५ रुपैयाँ कायम भएको छ । सुनसँगै आज चाँदीको मूल्यमा पनि सामान्य कमी देखिएको छ। महासंघका अनुसार चाँदीको मूल्य आज प्रतितोला ३५ रुपैयाँले घटेर ५ हजार १९० रुपैयाँमा झरेको छ। हिजो चाँदी प्रतितोला ५ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज १० ग्राम चाँदीको मूल्य ४ हजार ४५० रुपैयाँको हाराहारीमा कायम भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर