आज शुक्रबार नेप्से परिसूचक ५.३६ अंकले बढ्यो
काठमाडौं । साताको कारोबारको दिन शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । शुक्रबार नेप्से परिसूचक ५.३६ अंकले बढेर २८३८.४० बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३३५ कम्पनीको १ करोड ८० लाख ६३ हजार ७२८ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ७ अर्ब ४६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ६६ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिकका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यता, एशियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य प्रतिशतभन्दा धेरैले घटेको हो ।
प्रतिक्रिया
