नयाँ वर्षमा नेप्से ३३ अंकले बढ्यो
काठमाडौं । नयाँ वर्ष २०८३ लाई नेपाली शेयर बजारले हरियो झण्डासहित स्वागत गरेको छ। वर्षको पहिलो कारोबार दिनमै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक वृद्धि भएर बन्द भएको छ। नेप्से परिसूचक आज ३३.२७ अंकले बढ्दै १.१७ प्रतिशतको वृद्धिसहित २८६६.८७ विन्दुमा पुगेको छ।
आजको कारोबारमा बजारमा उत्साह देखिएको छ। कुल १० अर्ब ५३ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने २ करोड ६४ लाख ३८ हजार ६२१ कित्ता शेयर किनबेच भएको छ। बजारमा २२१ कम्पनीको शेयर मूल्य बढ्दा ४५ कम्पनीको मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ। नयाँ वर्षको सुरुवातमै बजार सकारात्मक रहेकाले लगानीकर्तामा उत्साह देखिएको छ।
प्रतिक्रिया
