सेयर बजारमा सामान्य गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट देखिएको छ। नेप्से परिसूचक ४.१८ अंकले घटेर २८३३.६० विन्दुमा झरेको हो। यद्यपि २ करोड बढी कित्ता कारोबार हुँदा कारोबार भने ८ अर्ब ६६ करोड रुपैयाँको भएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार यस कारोबारमा १०५ वटाको मूल्य बढ्दा १५३ वटाको घटेको र १२ वटाको अघिल्लो मूल्यमा खरिदबिक्री भएको छ। यस दिन सुपर खुदी हाइड्रो, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट इन्डस्ट्रिजको सेयरमा सकारात्मक सर्किट लागेको छ। यी सेयरधनीले क्रमशः १०३.५०, ८१, ७४.९० र ३३ रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्।

आज गिरावट दर भने निकै कम छ। अधिकतम ३.६० प्रतिशतसम्म मात्र सेयर घटेका छन्। जसमा युनिक नेपाल लघुवित्त, अभियान लघुवित्त, सान्भी इनर्जी लगायत छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर