हिजो बढेको शेयर बजार आज ओरालोतर्फ
काठमाडौं । हिजो सोमबार अचानक अघिल्लो दिन ८३ अंक बढेको सेयर बजार आज मंगलबार सेयर बजार २.६१ अंक घटेको छ । आज सेयर बजार परिसूचक २७५७.४० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १७५ कम्पनीको सेयर मूल्य घटेको छ भने ८२ कम्पनीको बढेको छ । त्यस्तै आज १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.७८ अंकले घटेर ४७१.१३ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ९ वटाको सेयर मूल्य घटेको छ भने ४ वटाको बढेको छ । नेप्से परिसूचक घटेको दिन कारोबार रकममा पनि गिरावट आएको छ ।
आज सेयर बजारमा ३४५ कम्पनीका १ करोड ७४ लाख ६ हजार ६१६ कित्ता सेयर ८१ हजार ५८२ पटक खरिद बिक्री हुँदा ६ अर्ब ७३ करोड ७१ लाख ४८ हजार १५० रुपैयाँको कारोबार भएको छ । सेयर बजार घटेपनि आज ६ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
