आज सुनमा २६ सय र चाँदीमा ५० रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुन चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९१ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले घटेर प्रतितोला  ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर