आज बिहीबार सुन र चाँदी दुबैको मूल्य घट्यो
काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुन र चाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ६०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुन प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १६५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया
