नेप्से परिसूचक उच्च अंकले घट्यो

काठमाडौं ।  नेप्से परिसूचक उच्च अंकले घटेर आज बन्द भएको छ । गत साता उल्लेख्य रुपमा बढेको बजार यो साताको पहिले दिन नै २ प्रतिशत भन्दा बढीले घटेर कारोबार बन्द भएको हो ।  नयाँ सरकार बनेपछि बजारमा सकारात्मक अवस्था देखिने आशाका बीचमा सेयर बजारमा ७१.०५ अंकको गिरावट आएको हो । आजको कारोबार बन्द हुन्दा नेप्से परिसूचक २८७९.११ विन्दुमा पुगेको छ । जुन अघिल्लो कारोबार दिनको भन्दा २.४० प्रतिशतले कम हो ।

आज सेयर बजारमा २५६ कम्पनीको सेयर मूल्य घटेको छ । ९ कम्पनीको सेयर मूल्य बढेको छ । आज १ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स पनि १२.९६ अंकले घटेर ४८९.४९ विन्दुमा पुगेको छ । आज सबै १३ वटै उपसूचकको सेयर मूल्यमा गिरावट आएको छ ।

सेयर बजारमा उच्च अंकको गिरावट आएको दिन १५ अर्ब भन्दा माथिको कारोबार भएको छ । आज ३३३ कम्पनीका ३ करोड ५२ लाख ४८ हजार ३९७ कित्ता सेयर १ लाख ९६ हजार १५८ पटक खरिद बिक्री हुँदा १५ अर्ब ३ करोड ३३ लाख १० हजार ८६७ रुपैयाँको कारोबार भएको छ । नेप्से परिसूचक उच्च अंकले घटे पनि आज ६ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर