सेयर बजारमा २४ अंकको गिरावट

काठमाडौं  ।  आज बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक २४.४५ अंकले घटेर २९३५.९४ विन्दुमा रोकिएको छ। गत आइतबारदेखि मंगलबारसम्म नेप्से परिसूचक निरन्तर उकालो लागेको थियो। तीन कारोबार दिनपछि आज नेप्से परिसूचक ओरालो लागेको छ ।

आज बुधबार कारोबार रकम भने मंगलबारको तुलनामा वृद्धि भएको छ। मंगलबार  १४ अर्ब ८३ करोडको कारोबार भएकोमा आज १५ अर्ब माथिको कारोबार भएको हो। यसदिन ३४५ वटा स्क्रिप्सको ३ करोड ५८ लाख  १९ हजार  ८२९ कित्ता सेयर १५ अर्ब ९ करोड ४ लाख १६ हजार  ८४६ रुपैयाँमा खरिदबिक्री भए।

नेप्से दोहोरो अंकले घटेपनि पाँच कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। रिलायन्स स्पिनिङ्स मिल्स,सुपर खुदी हाइड्रोपावर,सोलु हाइड्रोपावर,भुजुङ्ग हाइड्रोपावर र  होटल फोरेस्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

यसदिन कारोबार रकमका आधारमा नगदी ग्रुप शीर्षस्थानमा रह्यो। सो कम्पनीको ५२ करोड बराबरको सेयर कारोबार भयो। अपी पावरले ५१ करोडको सेयर कारोबार गर्दा शिवम् सिमेन्टले ४७ करोड,सुपर मादी हाइड्रोपावरले ४६ करोड र एसवाइ प्यानल नेपालले ४४ करोड मूल्य बराबरको सेयर कारोबार गरे।

कारोबारमा आएकामध्ये ४५ वटा स्टक्सको मूल्य बढ्दा २१३ वटाको घट्यो। ७ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। दुई समूहको उपसूचकबाहेक अरु उपसूचक सकारात्मक देखिए। ट्रेडिङ समूहको उपसूचक सर्वाधिक ३.४५ प्रतिशतले बढ्दा  मुन एण्ड प्रो समूहको उपसूचक ०.४८ प्रतिशतले बढ्यो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर