आज सोमबार सुनमा ६५ सय र चाँदीमा ११५ रुपैयाँ घट्यो

काठमाडौं ।  स्थानीय बजारमा आज सोमबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ६ हजार ५०० रुपैयाँले घटेको हो । आइतबार भने १२ हजार ५०० रुपैयाँले घटेको थियो ।

आजको मूल्य प्रतितोला दुई लाख ७५ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ । आइतबार भने दुई लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने तोलामा ११५ रुपैयाँले घटेर प्रतितोला चार हजार ४२५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चार हजार ५४० रुपैयाँ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर