आज आइतबार सुनमा १२ हजार ५ सय र चाँदीमा ३५५ घट्यो

काठमाडौं ।  स्थानीय बजारमा आज आइतबार सुनचाँदीको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रति तोला १२ हजार ५०० रुपैयाँले घटेर दुई लाख ८२ हजार रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार सुन प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला ३५५ रुपैयाँले घटेर चार हजार ५४० रुपैयाँ निर्धारण गरिएको छ। शुक्रबार चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर