आजका लागि कृषि उपजको थोक मूल्य

काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज सानो लोकल गोलभेँडाको भाउ प्रतिकेजी ५० रपैयाँ, भारतीय सानो गोलभेँडा ६० रुपैयाँ, तराई सानो गोलभेँडा ६५ रुपैयाँ ८३ पैसा, रातो आलु २० रुपैयाँ २० पैसा, सुकेको प्याज ३५ रुपैयाँ, तराई गाजर २५ रुपैयाँ, लोकल बन्दा २४ रुपैयाँ ६५ पैसा पुगेको छ ।

यसैगरी, ज्यापु काउलीको भाउ प्रतिकेजी ७५ रुपैयाँ, स्थानीय काउली ६५ रुपैयाँ, तराई काउली ५७ रुपैयाँ ५० पैसा, तने बोडी १६५ रुपैयाँ, लोकल सिमी ७० रुपैयाँ, हरियो फर्सी २५ रुपैयाँ, भिण्डी १३५ रुपैयाँ, बरेला ७० रुपैयाँ ७१ पैसा, रायोको साग ७२ रुपैयाँ ५० पैसा, पालूगो, चमसूर र मेथीको साग प्रतिकेजी १०५ रुपैयाँ, तोरीको साग ४० रपैयाँ र हरियो प्याज ६० रुपैयाँ पर्ने मूल्यसूचीमा उल्लेख छ ।

त्यस्तै, बकूलाको भाउ प्रतिकेजी ४५ रुपैयाँ, कन्य च्याउ २८३ रुपैयाँ ३३ पैसा, डल्ले च्याउ ४२३ रुपैयाँ ३३ पैसा, कुरीलो ४५० रुपैयाँ, ब्रोकाउली ११० रुपैयाँ, सजिवन १५३ रुपैयाँ ३३ पैसा, रातो बन्दा ५०० रुपैयाँ, केरा प्रतिदर्जन २०५ रुपैयाँ, लोकल काक्रो प्रतिकेजी ६५ रुपैयाँ, भेडे खुर्सानी १२७ रुपैयाँ ५० पैसा, हरियो धनिया ५६ रुपैयाँ र सुकेको चाइनिज लसुन २४५ रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर