आज बिहीबार सुनमा ५४ सय र चाँदीमा १४० रुपैयाँ घट्यो
काठमाडौं । स्थानीय बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा रु पाँच हजार ४०० र चाँदी रु १४० ले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार ३०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार १० कायम भएको छ।
हिजो बुधवार छापावाल सुनको मूल्य प्रति तोला रु तीन लाख सात हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार १५० थियो। गत मङ्गलबार एक तोला छापावाल सुन रु तीन लाख नौ हजार ९०० र एक तोला चाँदी रु पाँच हजार ३३५ कारोबार भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९०० र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया
