आज मंगलबार सुनमा ४ सय र चाँदीमा ७० रुपैयाँ वृद्धि
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्यमा सामान्य बढेको छ । आज मंगलबार सुनको मूल्य प्रति तोलामा ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आजका लागि सुनको मूल्य तोलाको तीन लाख नौ हजार ९०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन तीन लाख नौ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने ७० रुपैयाँले बढेर तोलाको पाँच हजार ३३५ रुपैयाँ कायम भएको छ । हिजो सोमबार चाँदी प्रति तोला ५ हजार २६५ मा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
